राजनीति

गुणस्तरीय शिक्षा नरहेसम्म जति विश्वविद्यालय खोेले अर्थ छैन : सभापति देउवा



काठमाडौँ, ९ चैत । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा नरहेसम्म जति विश्वविद्यालय खोेले पनि अर्थ  नरहने बताएका छन ।

शनिबार शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै सभापति देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका छन ।

उनले भने, ‘नेपालमा धेरै विश्वविद्यालय छन्, त्रिभुवन विश्वविद्यालयमा नै गुणस्तरीय अध्ययन नभइरहेको अवस्थामा विश्वविद्यालयको माग गरिएको छ, अझै खुल्दैछन्, जबसम्म गुणस्तरीय शिक्षा हुँदैन तबसम्म जति विश्वविद्यालय खोेले पनि अर्थ छैन ।’

पोखरा, विराटनगर, सुर्खेतलगायत विभिन्न क्षेत्रमा विश्वविद्यालय भए पनि ती विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको सभापति देउवाको भनाइ छ ।