काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन ।
शनिबार सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब)को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियो नीतिगत बहस’ कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानूनअनुसार अघि बढ्ने बताए ।
उनले भने, ‘हिंसा प्रोत्साहन नगरौँ, हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गरौँ ।’, ‘हिंसाका विषयवस्तु सञ्चारमाध्यममा दिए सरकारले त्यसलाई प्रेस स्वतन्त्रतासँग मात्र जोडेर हेर्दैन, त्यसलाई आफ्नो घोषित कानूनअनुसार सरकारले हेर्दछ ।’
मन्त्री बाँस्कोटाले हिंसालाई अभिप्रेरित गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हुने कि नहुने भनेर प्रश्न गर्दै भने ५, ६ वटा सञ्चारमाध्यमले हिंसाका कुरालाई प्रोत्साहन गरेको छ ।’ ‘त्यस्तो हिंसाका विषयवस्तु दिने सञ्चारमाध्यमलाई कारवाही हुने कि प्रेस स्वतन्ता हनन हुने ।’










प्रतिक्रिया दिनुहोस्