गोरखा, ९ चैत । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् ।
शनिबार गृहजिल्ला पुगेका नेकपा प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाहरुले गरेको क्रियाकलाप गलत छ ।’, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’
उनले देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताएका छन ।










प्रतिक्रिया दिनुहोस्