समाचार

लागुऔषधसहित तीन जना पक्राउ



काठमाडौँ, १० चैत । काठमाडौँबाट लागुऔषधसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा काठमाडौँ आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसबाट महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेटसहित पक्राउ गरेको छ ।

यस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागाई र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई अवैध लागुऔषध नाइट्राभेट ४०२ ट्याबलेटसहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।