समाचार

सरकारद्वारा पहाडी जिल्लामा १६ वटा एम्बुलेन्स प्रदान गर्ने



काठमाडौँ, १० चैत । सरकारले सुदूरपश्चिमका पहाडी जिल्लामा १६ वटा एम्बुलेन्स प्रदान गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बाजुरा र डोटीमा १६ वटा एम्बुलेन्स प्रदान गर्ने तयारी गरेको छ ।

पहाडी भेगका दुर्गम क्षेत्रका मानिसहरुको स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि प्रदेश सरकारले सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गर्न  सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिएका छन

प्रदेश सरकारले प्रति एम्बुलेन्स ३९ लाखका दरले ६ करोड ४० लाख खर्च गरिरहेको र केही समय भित्रै खरिद प्रक्रिया पूरा गरेर निर्वाचन क्षेत्रमा एम्बुलेन्स हस्तान्तरण गरिने बताएका छन ।