काठमाडौँ, १० चैत । पाल्पामा एसइई परीक्षा दिने तयारीमा रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् ।
आइतबार विहान करिब ६:३० बजे बग्नासकाली गाउँपािलका वडा नंं ६ भुटुके बस्ने मुक्त बहादुर विकको छोरी मनिषाले आफ्नै घरको सुत्ने कोठामा काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेकी हुन् ।
जिल्लाको गुँगा मा विमा अध्यनरत अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयको पाल्पाले जनाएको छ ।
उक्त घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्