काठमाडौं, ११ चैत । प्रतिनिधिसभाले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित गरेको छ ।
आईतबार बसेको प्रतिनिधिसभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो ।
उक्त विधेयकमाथिको छलफलमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिदै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्ता ढकालले विषयगत आधारमा संसोधन गर्नुपर्ने आवश्यकता देखिएमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताए ।
छलफलमा प्रेम सुवाल, पुष्पा भुसाल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङलगायतले आफ्ना धारणा राखेका थिए ।










प्रतिक्रिया दिनुहोस्