राजनीति

प्रमुख आयुक्त यादवद्वारा अवकाश



काठमाडौं, ११ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अवकाश लिएका छन् ।

२०६३ सालयता २ कार्यकाल निर्वाचन आयोगमा रहेका यादव यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताइ ।

आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्दै विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्ने छन ।