समाचार

चरेशसहित भारतीय नागरिक पक्राउ



वीरगञ्ज, ११ चैत । वीरगञ्जबाट चार किलो चरेशसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ईनर्वा चौकी अगाडी सडकमा चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जादै गरेका भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना छौडादानो ग्राम जितपुर-८ बस्ने ४३ बर्सिय शुभनारायण साहलाई पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्दा खुट्टामा कालो पट्टी बाँधेर ४ किलो चरेश लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको र उनीमाथि लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।