काठमाडौँ, ११ चैत । उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सोमबार बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विषेशगरी सोमबार सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार देशभरकै मौसममा बदलीको सम्भावना रहेको छ । यद्यपी ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । बुधबारदेखि भने मौससमा सुधार हुँदै जाने उहाँको अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्