पोखरा, ११ चैत । पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित टान्सपार्टीमा होहल्ला भएपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले बताएका छन ।
होहल्ला गर्नमा विदेशीको संलग्नता नभेटिएपछिनियन्त्रणमा लिइएका २८ विदेशीलाई भने छाडिसकिएको साहले बताए । उक्त रेस्टुरेन्टबाट ठूलो मात्रामा लागू औषधसमेत बरामद गरेको र बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टले अनुसन्धान गरीरहेको साहले बताएका छन ।a










प्रतिक्रिया दिनुहोस्