एजेन्सी, ११ चैत । चीनको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्यामा आजसम्म ७८ पुगेको छ ।
उक्त विस्फोटमा परी अझै पनि कैयाँै व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई जीवितै उद्धार गरिएको उद्धार कार्यमा संलग्न अधिकारीले जनाएको छ ।
स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ शहरमा अवस्थित उक्त रसायन कारखाना विस्फोट भएको थियो ।
विस्फोटमा परी घाइते भएका धेरै व्यक्ति उपचारार्थ अस्पताल छन् । तीमध्ये २१ जनाको स्थिति चिन्ताजनक रहेको र ७३ जनाको गम्भीर घाइते भएको अस्पतालबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्