काठमाडौँ, ११ चैत । शेयर बजारमा परिसूचक नेप्से चार अंकले अंकले बढेको छ ।
सोमबार शेयर बाजरमा परिसूचक नेप्से झण्डै चार अंकले बढेर १ हजार १ सय ३८ दशमलव ६७ अंकमा बन्द भएको छ ।
सेन्सेटिभ परिसूचक पनि शुन्य दशमलव ९५ अंकले बढेको छ । शेयर बजारमा कारोबार रकम भने न्यून छ । १ सय ६९ कम्पनीका २४ कारोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा लामो समय गिरावट आउँदा लगानीकर्ताले शेयर विक्री गर्न छाडेका छन् । सोमबार सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्