गोरखा, १२ चैत । एसईई परीक्षा दिएर पौडी खेल्न गएका एक विद्यार्थी वेपत्ता भएका छन् ।
गण्डकी गाउँपालिका–६ भूम्लीचोकका कमल चेपाङ सोमवारको परीक्षा सकेर साथीहरुसँग धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ धवादीको त्रिशुली नदीमा पौडी खेल्न गएका उनी दिउँसो करिव साढे दुई बजे वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनी भुम्लीचोकको भद्रकाली माविका विद्यार्थी हुन् । उनको परीक्षा केन्द्र ज्ञानमार्ग मावि घ्याल्चोकमा परेको थियो ।
उनको खोजी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्