काठमाडौँ, १२ चैत । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा चार मजदुरको मृत्यु भएको छ ।
खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको छ भने अन्य दुई जना मृतकको नाम खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्