काठमाडौँ, १२ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मगलबार सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटको क्रममा मन्त्री पुनले नेपाल र बङगलादेशको बीचमा भएका सहमति र सहकार्यका बारेमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री पुनले बङ्गलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्तगरेका छन ।
बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता रहने बताउदै ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकार इच्छुक रहेको बताएकी छन ।










प्रतिक्रिया दिनुहोस्