एजेन्सी, १२ चैत । बेलायती प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव संसदमा भएको मतदानमा सदनले फेरि विफल पारिदिएको छ ।
यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रियालाई निकास दिने अपेक्षामा गराइएको मतदानमा मे को प्रस्ताव विफल भएको हो । प्रधानमन्त्री टेरिजा मेले सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको प्रतिक्रिया दिएकी छिन् ।
मतदानमा सरकार २७ मतले पराजित भयो । सरकारको पक्षमा ३०२ मत पर्दा विपक्षमा ३२९ मत खस्यो । प्रस्तावको समर्थन गरेका विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रक्जिट प्रक्रियालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्