काठमाडौँ, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने पनि बताएक छन ।
मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुसँग सिंहदरबारमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै चालू आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन नसकिएको स्वीकार गर्दै आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता दिने बताएका हुन ।
अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न, एक उद्योगको अनिवार्य स्थापना गर्न, तारा तालदेखि रारा तालहुँदै मान सरोवर तालसम्मलाई पर्यटकीय आधार रुट बनाउन आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्