समाचार

४० हजार घुससहित दुई कर्मचारी पक्राउ



जनकपुरधाम, १३ चैत । जनकपुरधामका घाँसेबारी बीउ बिजन प्रयोगशालामा कार्यरत दुई जना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशदिन सेवाग्राहीसँग घूस लिदैं गरेको अवस्थामा प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा।राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

घुस लिइसकेको अवस्थामा उनिहरुलाई जनकपुरधाम उपमहानगरपालिका ४ स्थित बिसहाराबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ ।