काठमाडौँ, १३ चैत । बलिउड अभिनेता सलमान खानको फिल्मले रणबिर कपूरको २ फिल्मलाई क्कर दिने भएका छन् ।
सलमान खान फिल्म ‘दबंग ३’ को उनको जन्मदिन २७ डिसेम्बरको वरपर पर्दशन गरिने चर्चा रहेको छ । अभिनेता रणबिर कपूरको फिल्म ‘ब्रम्हास्त्र’ पनि क्रिसमसमा रिलिज हुनेछ ।
यस फिल्ममा रणबिर कपूरका साथै अभिनेता अमिताभ बच्चन, आलिया भट्टलगायतको मुख्य भूमिका रहेको छ । सलमान खान रणबिरको आउँदाे वर्ष रिलिजहुने फिल्मलाई समेत टक्कर दिने सोचमा छन् ।
अर्को वर्षको ईदमा सलमान खान र सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ रिलिज हुनेछ । रणबिर कपूरको फिल्म ‘शमशेरा’ पनि रिलिज हुने चर्चा रहेको छ । यदि यी दुवै फिल्मको रिलिज डेट परिवर्तन गरिएन भने सलमान र रणबिरबीच दोस्रो पटक टक्कर हुने भएको छ ।
सलमान खानको फिल्म ‘इन्शाअल्लाह’ मा रणबिर कपूरकी प्रेमिका आलिया भट्ट मुख्य अभिनेत्री रहनेछिन् । साथै रणबिर कपूरको यस वर्ष रिलिज हुने फिल्म ‘ब्रम्हास्त्र’ मा आलिया भट्ट नै मुख्य अभिनेत्री हुन् ।










प्रतिक्रिया दिनुहोस्