राजनीति

मन्त्री पोखरेल अमेरिका प्रस्थान



काठमाडौं, १३ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री ईश्वर पोखरेल त्यसतर्फ प्रस्थान गरेका हुन्।

मंगलबार राती मन्त्री पोखरेल १५ चैतमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने मन्त्रीस्तरिय बैठकलाई सम्वोधन गर्ने कार्यक्रमका साथ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गरेका सचिवालयले जनाएको छ ।