काठमाडौं, १३ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुको जोखिम कम गर्न क्रेडिट रेटिङको तयारी भइरहेको बताएका छन् ।
काठमाडौंमा हुने लगानी आगामी शुक्रबार र शनिबारको सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले लगानीको प्रतिफल आउने सम्भावना कत्तिको छ भन्ने विषयमा जानकार नभइ लगानीकर्ता विस्वस्त नहुने र विस्वस्त पार्नका लागि क्रेडिट रेटिङ गरिने बताए ।
वैदेशिक लगानी भित्र्याउन सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै उनले भने, ‘सबैले विदेशी लगानीकर्तालाई मुस्कानसहित स्वागत गरौं, सुरक्षा निकायले पनि एयरपोर्टदेखि यहाँ रहँदासम्म राम्रो सुरक्षाको प्रवन्ध गर्नेछ ।, ‘यसमा सबैको साथ सहयोग हुनेछ भन्ने अपेक्षा छ ।’
मुलुकमा लगानीको वातावरण बनाउन नसके रोजगारीका लागि नेपाली विदेशीने अवस्था अन्त्य नहुने भन्दै उनले सरकारले लगानी प्रवर्द्धन कसरी गर्छ भन्ने बुझाउन पनि सम्मेलन महत्वपूर्ण हुने बताए ।










प्रतिक्रिया दिनुहोस्