काठमाडौं, १३ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् ।
देशवासीका नाममा सम्वोधन गर्दै उनले अमेरिका, रुस र चीनपछि आफ्नो देश यो स्थानमा आएको दावी गरेका छन।
प्रधानमन्त्री मोदीले सम्वोधनमा भनेका छन, ‘केही समय अगाडि मात्रै भारतले एउटा अभूतपूर्व उपलब्धी हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गर्यो । संसारका तीन देश अमेरिका, रुस र चीनले मात्रै यो उपलब्धी हासिल गरेका छन् र अब भारत यसमा थपिएको छ ।’
आफ्नो देशका वैज्ञानिकहरुलाई बधाई दिदै भनेका छन, ‘अन्तरिक्ष अहिले हाम्रो जीवनशैलीको अहम् हिस्सा बनेको छ । आज हामीसँग थुप्रै उपग्रह छन् र यसले देशको विकासमा योगदान दिइरहेका छन् ।ु
प्रतिक्रिया दिनुहोस्