झापा, १४ चैत । झापामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
बुधवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बगान नजिकै ट्रकको ठक्करबाट भारत अररियाका ४७ वर्षीय सकिला मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । चिया बगान नजिकै ना ६ ख २८९३ नम्बरको मालवाहक ट्रकले साइकलमा रहेका मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हो ।
मृतक मण्डल दमकमा मजदुरीको काम गर्दै आइरहेका थिए। ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।










प्रतिक्रिया दिनुहोस्