समाचार

त्रिभुवन विमानस्थल १० घण्टा बन्द



काठमाडौं, १५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम आइबतारबाट सुरु भएसगै यसका लागि विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।

सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो । नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकिने अनुमान छ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । धावनमार्ग ममर्तको काम काम गर्न राति १० बजेपछि मात्रै सुरु हुने र विहान ८ बज्दा विमानस्थल फेरि सञ्चालनका लागि योग्य बनाइसकिनेछ ।

एक रातमा धावनमार्गको ८० देखि १०० मिटरसम्ममा मात्रै काम हुन सक्ने पौडेलले बताए । यो समयमा दैनिक १० घण्टा विमानस्थलमा उडान-अवतरण सेवा रोकिनेछ ।