समाचार

लडेर गर्भवती महिलाको मृत्यु



तनहुँ, १५ चैत । तनहुँको देवघाट गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर ६ महिनाको गर्भवती महिलाको मृत्यु भएको छ ।

सोही गाउँपालिका वडा नं २ बैदी बस्ने २५ वर्षीया रुपीमाया वंशी ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकैको जङ्गलमा विहिबार साँझ घाँस काट्ने क्रममा लडेर घाइते भएकी रुपीमायालाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।