काठमाडौं, १५ चैत । एशियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष क्षसिजिन चेनले नेपालका ठूला परियोजनामा लगानी गर्ने बताएका छन ।
आजबाट शुरु भएको लगानी सम्मेलनमा बोल्दै उपाध्यक्ष चेनले एडीबीले लगानी गरेका परियोजनाहरु सम्पन्न हुने चरणमा रहेको बताउदै थप ठूला परियोजनामा लगानी गर्ने बताएका छन ।
उपाध्यक्ष चेनले नेपालको गरिबी निवारण, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गर्दै आएको सहयोगको दायरालाई पनि बढाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
‘एडीबीले नेपालमा मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्