बाँके, १६ चैत । बाँकेको कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नंं।को मोटरसाइकल र भे.८ प २१६५ नं.को स्कुटरलाई ठक्कर दिँदा चौधरी र शाही गम्भीर घाइते भएका थिए ।
मृत्यु हुनेहरुमा बर्दिया ठाकुरद्वारा – ८ की उषा चौधरी र बाँके बैजनाथ-१ का लोकबहादुर शाही रहेका छन् । उनीहरुको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्