Banner News

नेपालको मुहार चाँडै मात्र हैन, मेरै कार्यकालमा फेर्छु ढुक्क हुनुहोस् : प्रम ओली



काठमाडौँ, १६ चैत । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको समृद्धि तथा नेपालको मुहार आफ्नै कार्यकालमा फेर्ने प्रतिवद्धता गर्दै सवै नेपालीलाई ढुक्क हुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भ्रष्ट्राचारी जो सुकै भएपनि कार्बाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं । अब सरकारले देखावटीमा होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं सबै ढुक्क हुनुहोस् ।’

नेपालमा भ्रष्ट्राचार निक्कै ठूलो समस्या भएकाले अब त्यस्ता निकाय र पदमा आसिनहरुलाई पनि नछोड्ने बताउँदै देशको विकास, समृद्ध तथा सुशासन नै वर्तमान सरकारको संकल्प रहेको बताउनुभयो ।

देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताउनुभयो ।

केही समूहको नाममा देशमा अराजकता, आंतक, लुटतन्त्र लगायतका गतिविधि भएको भन्दै सरकारले त्यसलाई निस्तेज बनाउने चेतावनी समेत दिनुभयो । उहाँले विप्लव समूहलाई सरकारले दिएको समय सिमामा राज्यको मुल धारमा नआएक त्यसको जवाफ सरकारले दिने समेत बताउनुभयो ।