एजेन्सी, १६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगकाे सीमा बन्द गर्ने चेतावनी दिएका छन ।
मेक्सिकोले अवैधानिक रुपमा हुने आप्रवासन नरोकेमा अमेरिकाले आफ्नो दक्षिणी सीमा आगामी हप्ता बन्द गर्ने चेतावनी दिएका हो ।
उनले भनेका छन, ‘म मजाक गरिरहेको छैन, यसको मतलब पूरा कारोबारबाट हुनसक्छ ।’ ‘हामी यसलाई लामो समयसम्म बन्द गर्छाैं ।’,
ट्रम्पको यो कदमले दुवै देशको आर्थिक अवस्था प्रभावित हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।
पछिल्लो महिनामात्र ७६ हजारभन्दा बढी आप्रवासीहरुलाई अवैधानिक रुपमा अमेरिकामा छिरेको भन्दै हिरासतमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्