राजनीति

सामुदायिक विद्यालय तहमा योग, चिकित्सा, आयुर्वेद तथा जडीबुटी शिक्षा : मन्त्री पोखरेल



काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले व्यावसायिक विद्यालयमा योग, चिकित्सा शिक्षा, आयुर्वेद तथा जडिबुटी शिक्षा विषयको अध्ययन शुरु गर्ने बताउुनभएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले पाठ्यक्रमलगायत अन्य अध्ययन गरी सुझाव दिन कार्यदलसमेत गठन गरिने जानकारी दिनुभयो । “अगामी जेठ १५ गतेभित्र योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी विषयको विद्यालय तहमा पठनपाठन शुरु गर्छौं,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो ।

शिक्षामन्त्री पोखरेलले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा ९एसइई०को प्रश्नपत्र बाहिरिएको सन्दर्भमा छानबिन भइरहेको र दोषीलाई कारवाही गरिने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा पछिल्लो समय नसर्ने रोगको हिस्सा ६२ प्रतिशत पुगेको छ । ती रोगको नियन्त्रणका लागि योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी अत्यन्त महत्वपूर्ण मानिन्छ ।

मन्त्रालयले अगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालय तहमा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी विषयको अध्ययन अध्यापन शुरु गर्ने भएको छ । हरेक प्रदेशको एक÷एक सामुदायिक विद्यालय छनोट गरी मन्त्रालयले सो विषयमा पठनपाठन गर्न लागेको हो ।