काठमाडौं, १८ चैत । स्कुटर चोरेर भाग्दै गर्दा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित सडक पेटीमा पार्किङ गरी राखेको बा७७प१३२५ नम्बरको स्कुटर चोरेर भाग्दै गरेको काभ्रे दोलालघाटका २० वर्षीय श्री श्रेष्ठ ठमेलबाट पक्राउ परेका हुन् ।
उनले स्कुटर चोरी भागेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा ठमेलको गल्लीमा पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्