भक्तपुर, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बारा र पर्सामा विनासकारी भिषण हावाहुरीका कारण भएको मानविय तथा भौतिक क्षती प्रति दुःख व्यक्त गर्नुभएको छ ।
मृतकप्रती हार्दिक श्रद्धाञ्जली तथा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सांसद बस्नेत यस दु:खद घटनामा सरकारी र गैरसरकारी निकायहरु लगाएत सम्पूर्ण नागरिकहरुलाई एकताबद्ध भै उद्धार तथा रहतमा जुट्न अपिल गर्नुभएको छ ।
उहाँले हाल सम्म ३१ जनाको मृत्यु भइसकेको र करिव ५०० भन्दा बढी घाइते भएको भन्दै मृतकका परिवारलाई तत्काल क्षतीपूर्ति तथा घाइतेलाई उपचारको व्यवस्थामा कुनै कन्जुस्याई नगर्न आग्रह गर्नुभएको छ । उहाँले अझै पनि उक्त स्थानमा उद्धारका कार्यहरु निरन्तर रुपमा भइरहेको भन्दै सम्पूर्ण सरकारी, गैरसरकारी, सम्बन्धीत निकाय तथा युवा जनशक्तिलाई तदारुपताका साथ एक ढिक्का भई निरन्तर रुपमा उद्धारमा लाग्नलाई आग्रह समेत गर्नुभएको छ ।
बारा र पर्सामा ठूलो प्राकृतिक विपत्ति आइपरेको बेला सबैले हातमा हात काँधमा काँध मिलाई उद्धार तथा राहतमा लाग्न आग्रह गर्नुभएको छ । हावा- हुरिले पक्की घर समेत भत्कायो, जमिन हल्लिएकोले खाने पानीको धारो समेत सुक्ने भएकाले सम्बन्धीत निकायले सचेतनाका साथ समयमा नै ध्यान दिई जनताले पाएको दुःखमा मलहम लगाउने गरी काम गर्न अपिल गर्नुभएको छ । उहाले उपचारमा रगतको अभाब देखिन सक्ने भएकाले त्यसमा समेत सम्बन्धित निकाय तथा सरोकारवाला ब्यक्तिले समेत समयमा नै ध्यान दिन आग्रह गर्नु भएको छ ।










प्रतिक्रिया दिनुहोस्