काठमाडौँ, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा तथा पर्सामा आएको विनाशकारी हावाहुरीका कारण मृत्यु भएकालाई उचित क्षतीपूर्ति तथा घाइतेलाई निशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ ।
अध्यक्ष प्रचण्ले आइतवार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आएको हावाहुरीबाट ज्यान गुमाएका र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले मृतक प्रति समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह समेत गर्नुभएको छ ।
उक्त हावाहुरीबाट अहिलेसम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् । करिव ५०० भन्दा बढी घाइते भएको भन्दै मृतकका परिवारलाई तत्काल क्षतीपूर्ति तथा घाइतेलाई उपचारको व्यवस्थामा कुनै कन्जुस्याई नगर्न आग्रह गर्नुभएको छ । उहाँले अझै पनि उक्त स्थानमा उद्धारका कार्यहरु निरन्तर रुपमा भइरहेको भन्दै सम्पूर्ण सरकारी, गैरसरकारी, सम्बन्धीत निकाय तथा युवा जनशक्तिलाई तदारुपताका साथ एक ढिक्का भई निरन्तर रुपमा उद्धारमा लाग्नलाई आग्रह समेत गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्