सिराहा, १९ चैत । सिराहामा बसले दुई बटा साइकललाई ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।
सोमबार बेलुकी राति पौने ८ बजे मिर्चैया नगरपालिका–६ बतहा पुलमा भारतीय नम्बरको बसले २ वटा साइकललाई एकैसाथ ठक्कर दिँदा सुखीपुर नगरपालिका–७ बल्हीका ३६ वर्षीय रामलखन साहको उपचारको क्रममा रेखा नर्सिङ होम मिर्चैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा एक साइकलयात्री भने घाइते भएका छन् । उनको मिर्चैया नगरपालिका–५ का भद्रकाली महासेठ रहेको र उनको सोही अस्पतालमै उपचार भइरहेको छ ।
ठक्कर दिने बस सहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्