झापा, २१ चैत । झापा जिल्लाका सवै स्थानीय तहहरु मिलि बारा र पर्सामा आइतवार आएको हावा हुरीका कारण पिडितहरुको लागि सहयोग गर्ने भएको छ ।
बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम दुई–दुई लाख रुपैयाँ, गाउँपालिकाहरुबाट एक–एक लाख रुपैयाँ सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो ।
झापामा आठ नगरपालिका र सात वटा गाउँपालिका रहेको झापाबाट सङ्कलित २३ लाख रुपैयाँ र स्थानीय सङ्घसंस्थाबाट प्राप्त रकम बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइने भएको छ । सो रकम चार दिनभित्रमा बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गरिने चएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाले एक लाख २७ हजार २०० रुपैयाँ सहयोग गरेको छ ।










प्रतिक्रिया दिनुहोस्