एजेन्सी, २१ चैत । बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई ब्रुनाईमा ढुङ्गाले हानेर फाँसी दिने कानुन लागु भएको छ ।
बुधवारदेखि लागु भएको उक्त नयाँ कानुनमा ब्रुनाईका सुल्तान हस्सनल बोल्कियाले हस्ताक्षर गरेका हुन् । नयाँ कानुनमा चोरी गर्नेहरूका हात र खुट्टा काटिने व्यवस्था समेत गरिएको छ ।
दक्षिण पूर्वी एसियाको सानो मुस्लिम राष्ट्र ब्रुनाईमा यो कानुन वर्षौंपछिको छलफलपश्चात् कार्यान्वयनमा आएको हो ।
ब्रुनाईको मुलुकी ऐनको यस्तो व्यवस्था खासगरी साउदी अरब समेतका खाडी राष्ट्रहरूमा प्रयोगमा छ । पूर्वी वा दक्षिण पूर्वी एसियामा कठोर शरिया कानुन देशव्यापी रुपमा पूर्ण कार्यान्वयन गर्ने ब्रुनाई पहिलो राष्ट्र हो ।










प्रतिक्रिया दिनुहोस्