काठमाडौँ, २१ चैत । प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको खबरले अत्यधिक चर्चा बटुलेको छ ।
एक अमेरिकी म्यागजिनले उनिहरु सम्बन्धविच्छेद गर्ने तयारीमा रहेको दाबी गरेको थियो । उक्त खबरपछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने भएका छन् ।
इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन् ।
यदि यस्तो नभए प्रियंका र निक कथित रुपमा ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्