काठमाडौँ, २१ चैत । एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ । प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत आठ जना पक्राउ परेका छन् ।
१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ ।










प्रतिक्रिया दिनुहोस्