समाचार

आज नेवार समुदायले पाहाँचःह्रे विशेष कार्यक्रम गरी मनाइदै



काठमाडौँ, २१ चैत । नेवार समुदायले मनाउने विभिन्न ठूला चाडमध्ये आज पाहाँचःह्रे विभिन्न कार्यक्रम गरी हर्सोउल्लासका साथ मनाइरहेका छन् ।

रेक वर्ष घोडेजात्राको अघिल्लो दिन लुकिरहेको महादेवको पूजा आराधना गरेर यो पर्व मनाइन्छ । भद्रकाली, टेबहाल, ककेश्वरलगायत विभिन्न ठाउँमा रहेका अजिमाहरुलार्ई विशेष पूजा गरेर नेवार समुदायले पाहाँचःह्रे मनाउने गर्दछन् । टोखामा आजदेखि लिङ्गो ठड्याएर विस्केट जात्रा सुरु भएको छ ।