काठमाडौँ, २१ चैत । एभरेष्ट सुर्य बोहराले निर्देशन गर्ने फिल्म ‘हेल्लो जिन्दगी’मा अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी छन् ।
बेलायतमा सुट्ङ हुने फिल्म अर्को हप्ताबाट छायांकन सुरु हुने बताइएको छ । फिल्ममा दीपिकाका साथै चलचित्रमा सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।
विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्देशक बोहोराको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमालाई सृजना जोशीले निर्माण गर्नेछिन् ।










प्रतिक्रिया दिनुहोस्