राजनीति

अध्यक्ष भट्टराईद्वारा आँधी प्रभावितलाई ५ लाख सहयोग



काठमाडौँ, २१ चैत । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुलाई प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।

बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई अध्यक्ष भट्टराईले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Baburam Bhattarai

@brb1954

बारा-पर्साका हावहुण्डरी पीडितहरूको सहयोगार्थ नयाँ शक्ति पार्टीका तर्फबाट २ नं प्रदेश मुख्यमन्त्री राहतकोषमा रू.पाँच लाख प्रदेशका बरिष्ठ मन्त्री श्री जीतेन्द्र सोनललाई (मुख्यमन्त्री प्रदेशबाहिर रहनु भएकाले)हस्तान्तरण! पीडिहरूलाई औपचारिक संयन्त्र मार्फतै व्यवस्थित सहयोग गर्न आग्रह!

23 people are talking about this