काठमाडौँ, २२ चैत । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।
आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा तोकेको छ ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५९ पैसा छ भने कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा रहेको छ ।
यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४७ पैसा तोकिएको छ भने आज बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा छ ।
यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्