एजेन्सी, २२ चैत । दक्षिण कोरियाको उत्तरपश्चिममा भीषण आगोलागी हुदा एकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
केन्द्रीय राजधानी सोलबाट झण्डै २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय समयानुसार बिहीबार राति आगलागी सुरु भएको थियो ।
दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरिएको छ ।
भीषण आगलागीका कारण गोस्योङ, सोक्चो, गाङन्योङ, दोङघाइ र इन्जे शहर प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्