समाचार

स्मार्टफोनमा फेसबुक, इन्स्टा र म्यासेन्जर बन्द हुने



काठमाडौँ, २३  चैत । स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर लगाएतका सोसल साइटको सपोर्ट बन्द गरिने बताइएको छ ।

अप्रिल ३० बाट माइक्रोसफ्टले विन्डोज फोनको लागि फेसबुक बन्द गर्ने तयारी गरिरहेको छ । यदि तपाईसँग पनि विन्डोज फोन छ भने सोसल मिडियाको सपोर्ट पाउनुहुनेछैन ।

तर विन्डोज फोन युजर्सहरुले सोसल मिडियाको एक्सेस पाउनका लागि थर्ड पार्टी एप या वेबको साहारा लिनुपर्नेछ । अहिले आएर विन्डोजको स्मार्ट फोन बन्न बन्द भइसकेको छ ।

 ३० अप्रिलबाट विन्डोज फोनको लागि इन्टाग्राम उपलब्ध हुनेछैन । तर तपाईले वेब ब्राउजरबाट भने इन्टाग्राम चलाउन सक्नुहुनेछ ।