काठमाडौँ, २३ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्ने बताउनुभएको छ ।
शुक्रबार रिपोर्टर्स क्बलमा आयोजित सात्क्षात्कारमा कार्यक्रममा नेता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको गतिविधि नियन्त्रणको लागि सरकारले प्रतिबन्धको कुरा गरेको स्पष्ट पार्नुभएको छ ।
गुरुङले विप्लव समूहलाई वार्तामा आउन आह्वानगर्दै उहाँले भन्नभुयो, ‘सरकारले वार्ताको ढोका खुल्ला राखेको छ । मुलुकको स्वाधिनताको रक्षा र आत्मनिर्भर अर्थनीतिको लागि स्थिरता र स्थायित्व आवश्यक छ ।’ उहाँले सरकारले निषेधको राजनीति नगर्ने पनि स्पष्ट पार्नुभयो ।
सरकारको काम र दायित्व भनेको गैरकानूनी काम गर्न नदिनु र नियन्त्रण गर्नु भएकोले आफ्नो दायित्व पूरा गरेको गुरुङले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पेलेर होइन, संविधानअनुसार नै आफ्नो कदम चाल्छ । त्यहीअनुसार जानुपर्छ ।’
प्रमुख सचेतक गुरुङले नागरिकता विद्येयक संसदमा छलफलकै क्रममा भएकोले अहिले टिकाटिप्पणी गर्न नहुने भन्दै उहाँले भन्नुभयो, ‘संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन संशोधन गरेर सदनमा ल्याइएको छ । अहिले छलफलमै भएकोले यसबारेमा टिकाटिप्पणी गर्न चाहन्न ।’
गुरुङले वर्तमान सरकारले सुधारउन्मुख काम गरिरहेको विश्वास दिलाउनुभयो । उहाँले, ‘सरकारको काम सुधारउन्मुख छ । सरकारप्रति जनताको आशा र अपेक्षा धेरै हुनसक्छ, अहिलेको परिस्थिति हेर्दा सुधारउन्मुख नै रहेको देखिन्छ ।’










प्रतिक्रिया दिनुहोस्