समाचार

सर्पदंशबाट एक बृद्धाको मृत्यु



सप्तरी, २४ चैत । सप्तरीमा सर्पदंशबाट एक बृद्धाको मृत्यु भएको छ ।

शनिबार साँझ ६ बजे डाक्नेश्वरी नगरपालिका–१० बनौलामा ८० वर्षीया फुलकुन ठाकुरलाई सर्पले डसेको थियो ।

ठाकुरको उपचारको क्रममा शनिबार राती ९ बजे लहान स्थित रामप्रसाद उमा स्मारक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।