सम्पादकीय

सार्वजनिक सवारी साधन राति १० बजेसम्म चलाउनै पर्ने



काठमाडौंका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विधेयक काठमाडौं महानगरपालिका नगरसभाबाट पारित भएको छ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विधेयक पारित गरेको हो । पारित विधेयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।