एजेंसी, २५ चैत । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार भूकम्प गएको छ ।
इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार ६.१ म्याग्निच्यूडको भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।
केन्द्रका अब्दुल रोसिदका अनुसार केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्