एजेन्सी, २५ चैत । प्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिको प्रमुख योजनाकार तथा अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएकी छन् ।
उनले राजीनामा दिनुको कारण नखुलेको बीबीसीले जनाएको छ । उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘यस विभागमा सहयोगीहरुसँग रहेर सेवा, समर्पण र प्रतिबद्धताका साथ काम गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’
राष्ट्रपति ट्रम्पले निलसन अस्थायी रुपमा जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् । उनले ट्वीट गर्दै निलसनको स्थानमा सीमा शुल्क तथा सीमा सुरक्षा आयुक्त केविन म्याकलेनन नियुक्त गरिएको जानकारी दिएका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘होमल्याण्ड सेक्युरिटी प्रमुख क्रिस्जेन निलसनले आफ्नो पद छाड्नेछिन् र म उनको उत्कृष्ट सेवाको लागि धन्यवाद दिन चाहान्छु ।’
प्रतिक्रिया दिनुहोस्